खेलकुद परिषद्को सदस्य सचिवमा केशव बिष्ट

233
  •  
  •  
  •  

काठमाडौं, १० असार (ओएनएस) : राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा केशव बिष्ट नियुक्त भएका छन् । खेलकुद मन्त्रालयले बिहिबार बिष्टलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बिष्ट एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघका कार्यावहाक अध्यक्ष हुन् । महासंघका अध्यक्ष पुरुषोत्तम पैडेल खेलकुद मन्त्री भएपछि बिष्ट कार्यावहाक अध्यक्ष भएका थिए ।

मन्त्री पौडेलले बिष्टलाई ल्याएन यसअघि नै पहल गरेका थिए । सदस्य सचिवको दौडमा एमाले सार्थित चार जनाबीच तीब्र दौडधुप भएको थियो । परिषद्का उपाध्यक्ष लामा टेण्डी शेर्पा, काभ्रेका गोकुल बास्कोटा र केशव स्थपितले एमाले तीब्र प्रतिस्पर्धा चलेपछि अन्तत मन्त्री पौडेलले आफ्नै इच्छामा बिष्टलाई सदस्य सचिव बनाएका हुन् ।

तर बिष्ट मन्त्री पौडेलको संंयोजकत्वमा बनेको समितिले कारबाही गरेका व्यक्ति हुन् । गत बर्ष इन्चोन एसियाडमा सेपाकटात्रोका तीन खेलाडी भगाउन भूमिका खेलेको भन्दै बिष्टलाई एक वर्ष सम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन प्रतिबन्ध लगाइएको थियो । तर प्रतिबन्धका बापजुत बिष्टलाई सदस्य सचिव बनाइएको छ ।

बिष्ट सेपाकटात्रो संघकै सिफारिशमा ४ बर्षका लागि सदस्य सचिव नियुक्त भएका हुन् । यसअघि युवराज लामाको चार वर्ष कार्यकाल सकिएपछि डडेलधुराकी सकुन्तला नगरकोटी निमित्त सदस्य सचिव नियुक्त गरिएको थियो ।keshav bista 1


  •  
  •  
  •