केशव स्थापित तेस्रो पटक एमालेमा फर्किदै

313
  •  
  •  
  •  

काठमाडौं ३० कात्तिक (ओएनएस) :
केहीसमय अघि एमाले छाडेका काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापित फेरि नेकपा एमालेमा फर्कंदै छन् । आफुल गल्ती गरेको महसुस सहित उनी एमालमा फर्किन लागेका हुन् । आज उनी सहित संघीय समाजवादी पार्टीका केही कार्यकर्ता पनि एमाले प्रवेश गर्ने कार्यक्रम छ । दिउँसो ३ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रम गरेर स्वागत गर्नेछन् ।

स्थापित तेस्रो पटक एमाले फर्कन लागेका हुन्। दोस्रो संविधानसभा चुनावमा एमालेले उम्मेदवार नदिएपछि उनी संघीय समाजवादी पार्टीमा प्रवेश गरेका थिए । पटक एमाले प्रवेश गर्दै छाड्दै गरेका स्थापित अहिले अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा थिए ।

सो पार्टीको तर्फबाट दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौ क्षेत्रन नं ६ बाट उम्मेदवार बनेका थिए । स्थापितले अब एमाल नछड्ने गरि फर्किन लागको बताए । ओएनएससँगको कुराकानीमा स्थापितले लामो समिक्षा पछि एमाले छोड्नु गल्ती भएको महसुस सहित फर्किन लागेको बताए । अब एमाले भित्रै संघर्ष गर्ने पनि उनले बताए ।


  •  
  •  
  •