दुर्घटनामा बचेकी ७ वर्षकी बालिकाले एक्लै पार गरिन् २ किलोमिटर

326
  •  
  •  
  •  

7-year-old-girl-juglarकाठमाडौ, २१ पुस(एजेन्सी) :  अमेरिकामा सात वर्षकी एक बालिका जो केन्टकी राज्यको एक जंगलमा भएको नीजि विमान दुर्घटनामा बाच्न सफल भएकी थिइन्, उनको निकै चर्चा चलेको छ ।

जंगलमा विमान दुर्घटना भएपछि ती बालिका विमानबाट बाहिर निस्किइन् र सहायताको लागी हिड्न थालिन् । उनले नाङ्गो खुट्टाले करिब २ किलोमिटरको दूरी पार गरेकी थिइन् । त्यसपछि उनले दुर्घटनाबारे जानकारी दिएकी थिइन् ।

इलिनायमा बस्दै आएकी सेलर जगलर परिवारको साथ नीजि विमानमा सवार थिइन् । उनीहरू फ्लोरिडाबाट इलियानको माउण्ट बेरनान गइरहेका थिए । सेलरका ४८ वर्षीय पिता मार्टी गजलरले विमान चलाइरहेका थिए । विमानमा उनकी आमा ४६ वर्षीया किम्बर्ली, ९ वर्षीया बहिनी पाइपर र १४ वर्षीया सौतेली बहिनी सिएरा वाइल्डर रहेका थिए ।

7-year-old-girl-juglar1विमान दुर्घटनापछि सेलर विमानबाट बाहिर निस्किइन् र एक घरमा बत्ति बलिरहेको देखिन् । उनी त्यही बत्ति बलेको घरतर्फ अगाडी बढ्दै गर्दा करिब २ किलोमिटर दूरी पार गरेकी थिइन् । घर पुगेपछि घरको ढोका ढकढकाएर घरमा रहेका ल्यारी विल्किन्सलाई घटनाबारे बताइन् । यसपछि ल्यारीले प्रहरीलाई घटनाबारे जानकारी दिए र प्रहरीले विमानबाट शव निकाल्यो साथै सेलरलाई अस्पताल भर्ना गर्यो ।

ल्यारीले आफू उक्त जंगलमा एक्लै नजाने बताउँदै बालिकाका निकै हिम्मतिली भएको बताएका छन् । उनले आफूलाई एक्लै उक्त जंगलमा जान समेत डर लाग्ने गरेको तर, ती सात वर्षीया बालिका भने बाटो खोज्दै त्यही जंगलमा हिडेको बताए । उनले सेलरलाई निकै हिम्मत भएकी बालिकाको संज्ञा दिए । उनले बालिकाले आफू चढेको विमान दुर्घटना भएको र दुर्घटनामा आफ्ना आमा-बाबु मारिएको जानकारी दिएको बताए ।

यो पनि पढ्नुस्…

अमेरिकी विमान दुर्घटनामा चारको मृत्यु, बालिका जीवित


  •  
  •  
  •