व्यापारी केडिया भारतको मोतिहारीबाट अपहरणमुक्त

152
  •  
  •  
  •  

काठमाडौँ, १६ जेठ(ओएनएस) : तीन दिनअघि अपहरणमा परेका केडिया अर्गनाइजेशनका सदस्य सुरेश केडियालाई नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले भारतको मोतिहारीबाट अपहरणमुक्त गरेको छ ।

सुरेश केडियाका भाई तथा उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष प्रदीप केडियाले पनि आफ्नो दाई सुरेश अपहरण मुक्त भएको पुष्टी गरेका छन् ।

नेपाली र भारतीय प्रहरीको संयुक्त अपरेसनपछि भारतीय प्रहरीले उद्योगी केडियालाई लुकाइराखेको घरमा छापा मारेर मुक्त गरिएको हो । सुरेशलाई अपहरणमुक्त गराउने क्रममा १ अपहरणकारीलाई पक्राउ गरिएको बताइएको छ । अपहरणका क्रममा प्रयोग गरिएको हतियार तथा गाडी समेत बरामद भएको बताइएको छ ।

व्यापारिक कामले बाराको वरियापुर गएका सुरेशलाई साँझ फर्कने क्रममा पसाहा पुन नजिकबाट बिहिबार साँझ अपहरण गरिएको थियो । उनी सवार रहेको बा १० च ७२४० नम्बरको गाडी रोकेर उनलाई अपहरण गरिएको थियो भने गाडीका चालक श्याम सुरेश कानुमाथि गोली प्रहार गरि गम्भिर घाइते बनाइएको थियो ।


  •  
  •  
  •