दुवईमा ब्युटिपार्लरमा पठाईदिन्छु भन्दै सिरियामा बेचबिखन गर्ने पक्राउ

222
  •  
  •  
  •  

काठमाडौ,  २२ चैत ‍(ओएनएस)  : गत फागुन २८ गते केन्या, तान्जानीया लगायतको विभिन्न देशहरूमा नेपाली युवतीहरूलाई डान्समा पठाईदिन्छु भन्दै बेचबिखन गर्ने आषिश भन्ने केदार बहादुर खड्का लगायतका ७ जना व्यक्तिहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेको छ ।

काठमाडौको विभिन्न स्थानहरूबाट पक्राउ गरी मानब बेचबिखन तथा ओसार पसार मुद्धा र संगठित अपराधमा समेत मुद्धा दर्ता गरी काठमाडौ जिल्ला अदालतबाट  हिरासतमा राख्ने म्याद थप लिई आवश्यक अनुसन्धान कारबाही भईरहेको छ ।

प्रहरीका अनुसार आषिश भन्ने केदार बहादुर खड्का समेतले दुवईमा आकर्षक तलब सुविधा हुने ब्युटि पार्लरमा काम लगाई दिन्छु भन्दै सिरियामा पठाई अमेरिकी ७ हजार डलरमा बेचबिखन गरेको भनी पिडितले गत शुक्रबार ब्युरोमा जाहेरी दरखास्त दिएकोमा निज केदार बहादुर खड्कालाई सो सम्बन्धमा समेत थप आवश्यक अनुसन्धान भईरहेको छ ।

अनुसन्धानबाट खुलेका कुराहरू:-

  • मिति २०६९/०३/२८ गते पिडित समेतलाई दुवई हुदै झुक्याई सिरिया पठाएको।
  • दुवईमा ब्युटि पार्लरको काममा लगाई दिन्छु भनि सिरिया पठाएको।
  • सिरिया लगी घरेलु कामदारको रूपमा राखी दैनिक १८/२० घण्टा बन्धक बनाई काम गराउने गरेको।
  • काम गरेको पारिश्रमिक माग्दा ७ हजार अमेरीकी डलरमा किनेको हुँ पारिश्रमिक पाउदैन भनी घर धनीले पिडितको घरमा सम्पर्क समेत गर्न नदिई शारिरीक तथा मानसिक यातना दिने गरेको।
  • पिडितले लुकेर घर परिवारमा सम्पर्क गरे पश्चात नेपालको परराष्ट्र मन्त्रालयको पहलमा सिरियाको स्थानिय प्रहरीद्धारा उद्धार गरी सन् १६ जुन २०१४ मिति २०७१।०३।२ गते नेपाल फर्कन सफल भएको ।

  •  
  •  
  •