केसीको अनशन दुइ साताका लागि स्थगित

162
  •  
  •  
  •  

काठमाडौँ, ११ माघ(ओएनएस) : शिक्षण अस्पतालका डा. गोविन्द केसीले सोमबारबाट सुरू गर्ने भनिएको अनसन दुई साताका लागि स्थगित गरेका छन् ।

डा. केसीले संसदमा दर्ता भएको मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक फिर्ता गर्नका लागि अल्टिमेटम दिएका छन् । उनले विधेयक फिर्ता नभए २५ गते साँझ ५ बजेबाट अनशन सुरू गर्ने बताएका छन् ।

आफ्नो पक्षमा नागरिक समाजका अगुवाहरुले हस्ताक्षर अभियान नै चलाएपछि केसीले अनसन स्थगित गरेका हुन् ।


  •  
  •  
  •