डा.केसीको अल्टिमेटमको आज अन्तिम दिन

113
  •  
  •  
  •  

काठमाडौं ३० कात्तिक ।
त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीले सरकारसँग आफनो अनसनको समय विगतमा भएका सम्झौता आइतवार सम्म पुरा नभए पुनः पाँचौ पटक भद्र अवज्ञा आन्दोलन गर्ने बताएका छन् ।

डा.केसीले सरकारलाई १० दिन अघि दिएको अल्टिमेटमको आइतवार अन्तिम दिन हो । हाल सम्म आफनो मागहरु प्रति कुनै पनि निकायले ध्यान नदिएको गुनासो गर्दे डा.केसीले शनिवार कान्तिपुर संग भने-‘चिकित्साशास्त्र अध्ययन संस्थानलाई अधिकतम स्वायत्तता दिने कुरा सम्झौताको तिन साता भित्रै हुने भनिए पनि हाल सम्म १० महिना हुनलाग्दा समेत केहि भएको छैन ।

डा.केसीले मन्त्री परिषदवाट निर्णय गराएर चिकित्सा शिक्षा क्षेत्रमा विशेषज्ञहरु राखेर राष्ट्रिय चिकित्सा शिक्षा नीति निर्माणको लागि उच्च स्तरिय समिति वनाएर नीति सहितको प्रतिवेदन प्रापत हुना साथ राष्ट्रिय चिकित्सा शिक्षा नीति विधेयक संसद वाट पारित गराएर ऐनको रुप दिन .मांग गरेका छन ।

यस्तै मन्त्री परिषद बाट तुरून्त केन्द्रीय चिकित्सा विश्वविद्यालय निर्माण सम्वन्धि नीतिगत निर्णय लिने र चिकित्सा विश्वविद्यालय निर्माण सम्भाव्यता समितिले वुझाएको प्रतिवेदन को आधारमा चिकित्सा विश्वविद्यालय विधेयक संसद वाट पारित गराउनु पर्ने समेत उनको माग छ ।

डा.केसीका अनुसार यो दुवै माग पुरा नभए सम्म नया मेडिकल कलेजलाई सम्वन्धन नदिने विगतको सम्झौता कडाइ साथ लागु हुनु पर्छ । यस्तै हाल सम्वन्धन दिइएको भनिएको दुई नीजि मेडिकल कलेजको सम्वन्धन र भर्ना प्रकृया रोकेर चिकित्सा शिक्षा ऐन आए पछि मात्र सोहि अनुरुप व्यवस्था गर्नु पर्छ ।

प्रधानमन्त्रीले त्रिविको कुलपतिको हैसियतले वारम्वार विगतको सम्झौता उल्लघन गर्ने त्यहाका पदाधिकारीहरुलाई स्पष्टिकरण लिएर बर्खास्त सम्मको कारवाही गर्नु पर्ने समेत जनाउँदै डा.केसी भन्छन्-भ्रष्टाचार, धाँधली र अनियमिततामा दोषि पाइएका यस संस्थानका पुर्व पदाधिकारीहरु र आसन्न त्रिवि पदाधिकारीहरु लाई सम्झौता अनुसार तुरन्त कारवाही हुनु पर्छ ।’ अव मुलुकको ग्रामीण भेगमा सरकारी मेडिकल कलेजहरु खोल्ने नीति निर्माण गर्नु पर्ने समेत उनि बताउछन् ।

कान्तिपुरबाट


  •  
  •  
  •