शिक्षामन्त्रीले डा केसीलाई काठमाडौं ल्याउन गरे संकेत, पत्रकारलार्इ गरे यस्ताे अनुराेध

69
  •  
  •  
  •  

काठमाडाैं, २९ असार (अाेएनएस) : शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आमरण अनसनमा बसेका डा. गोविन्द केसीलार्इ उनकाे रक्षकाे लागि बल प्रयोग गरेर भएपनि काठमाडौं ल्याइने बताएका छन् ।

‘डा. केसीकाे स्वास्थ्य कमजोर हुँदै गयाे भने बाध्य भएर बल प्रयोग गरी काठमाडौं ल्याइने छ’ उनले भने ‘तर संचारकर्मीहरुले त्यसबेला बल प्रयोग भनेर नलेख्नुहाेला।’

डा.केसी गत १६ गतेदेखि जुम्लामा आमरण अनसनरत छन् । उनले काठमाडौं नआउने अडान लिनुका साथै सरकारले केन्द्रबाट पठाएको डाक्टरहरुबाट पनि उपचार लिएका छैनन् । तर केन्द्रबाट गएका डाक्टर भने केन्द्र नर्फी बाहिरबाटै उनकाे स्वस्थ्य अवस्था बुझिरहेका छन्।

शुक्रबार फेरि अर्को टोली पठाउने तयारी गरिएको शिक्षामन्त्री पोखरेलले जानकारी दिए ।

उनले मेडिकल एशोसिएनको टोलीलाई जुम्ला जान आग्रह गर्दा नमानेको भन्दै दुःख समेत व्यक्त गरे । शिक्षा पत्रकारिता पुरस्कार २०७४ वितरण कार्यक्रममा पोखरेलले भने, ‘अचम्म लाग्यो, सरकारले आग्रह गरेपछि देखाउन पनि जानुपर्छ नि तर, उहाँहरु मान्नु भएन । स्वास्थ्यसंस्था बन्द गर्न लाग्नु भएको छ ।’

सरकार वार्ता विरोधी नभएको तर, स्वास्थ्य अवस्था कमजोर भएकासँग सम्वाद नहुने बताए । पहिलो प्राथमिकता उपचार भएको भन्दै उनले भने, ‘उहाँका स्वास्थ्य सुचांककहरु कमजोर भएर गयो भने जबरजस्ती पनि गर्नुपर्ने हुन्छ ।’


  •  
  •  
  •