काभ्रेकाे तीन ठाउँमा बम फेला, सेनाद्वारा डिस्पोज

76
  •  
  •  
  •  


काभ्रे । काभ्रेको विभिन्न स्थानमा शंकास्पद वस्तु भेटिएको छ । जिल्लाको रोशी गाउँपालिका नार्के स्थित वीपी राजमार्गमा सिलिन्डर बम र बनेपा नगरपालिका बुडोल स्थित सडक छेउँमा शंकास्पद वस्तु फेला परेको हो ।

आज बिहान राजमार्गको बायाँ पट्टी सिलिन्डर बम बिस्फोट भएको थियो। त्यस्तै बनेपामा झोलामा कुकर जस्तो देखिने वस्तु भेटिएपछि नेपाली सेनााको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक भुपेन्द्रबहादुर खत्रीले जानकारी दिए । यस्तै गएराति पनि बनेपामा केही पड्किएको आवाज सुनिएको स्थानीयले बताएका छ्न् ।

बिहान केही समय सवारी आवागमन रोकिए पनि अहिले सुचारु भएको छ । शंकास्पद वस्तु फेला परेसँगै सो राजमार्ग अवरुद्ध भएको छ ।


  •  
  •  
  •