कट्रिना ऋतिकसँग नर्भस

105
  •  
  •  
  •  

सन् २००३ तिर बलिउड नायिका कट्रिना कैफ आफ्नो करिअरको शुरुआती चरणमा थिइन्। त्यसबेला उनले भरपुर बोल्ड सिन दिएकी थिइन्। तर हिजोआजको कुरा बेग्लै छ। बलिउडमा कट्रिनाको नाम टप सूचीमै छ। यसैले कट्रिना अब बोल्ड सिन हिच्किचाइरहेकी छिन्।
हालै सुटिङ भएको फिल्म बैंग बैंगमा कट्रिनाले हरेक पल छड्के चेक गरेकी थिइन्, किनभने कुनै पनि सिन भल्गर नहोस् भन्नेमा कट्रिना सचेत थिइन्।
फिल्म सुटिङको एक सिनमा उनले ऋतिकसँग बोल्ड सिन दिनुपर्ने थियो। तर, कट्रिना त्यस बखत निकै सचेत रहेको सुटिङ युनिटका एक सदस्यले भारतीय सञ्चारमाध्यमलाई बताएका छन्। उक्त सिनमा ऋतिक कम्मरभन्दा माथिको भागमा कपडाबिना रहेको अवस्थमा उनीमाथि कट्रिना बस्नुपर्ने दृश्य थियो। तर कट्रिनाले यसमा आपत्ति जनाइन्। यत्तिसम्म कि कट्रिनाले उक्त सिनबारे पछि मोनिटरमा चेकसमेत गरिछन्। उक्त सिनका समयमा कट्रिना नर्भससमेत भएको समाचारमा चर्चा गरिएको छ।


  •  
  •  
  •