काठमाडौं २९ असार (ओएनएस) : बलिउड अभिनेता ऋतिक रोशनका कारण कैटरिना र रणबीर कपुरका बिचमा झगडा भएको छ । रोमान्टिक सिन सुट गर्नुपर्र्ने भएपछि, ऋतिकले कैटरिनालाई चुम्बन गर्दा रणबिर रिसले चुर भएका हुन् ।
अभिनयका दौरानमा एश्वर्य राय बच्चन, प्रियंका चोपडा लगायत सफल अभिनेत्रीसँग रिलमा रोमान्स गरिसकेका ऋतिक भने यतिबेला रणविरको सोच देखेर हैरान भएको एजेन्सीले बताएको छ ।
भारतिय संचारमाध्यमका अनुसार बलिउडको हट जोडी बिच ठुलो झगडा भयो । ‘बैंग—बैंक’ फिल्मको दौरानमा खिचिएको रोमान्टिक दृश्यका बारेमा रणबिरलाई जानकारी भएपछि उनको र कैटरिनाबिचमा झगडा हुन पुगेको हो । यो झगडा पछि कैटरिनाले प्रेमीलाई गुमाउने डरले ऋतिकसँग दुरी बढाउन थालेकीछन् ।