कट्रिनालाई घोडाले मन पराएन

177
  •  
  •  
  •  

katrina-kaif-new-film-phitur1काठमाडौ, बैशाख(एजेन्सी) : आफ्नो आगामी चलचित्र ‘फितुर’को शुटिङका क्रममा कट्रिना कैफ घोडाबाट लडेकी छिन् । यसले उनको घाँटी र खुट्टामा चोट लागेको छ ।

चलचित्रको एक प्रमुख दृश्यमा कट्रिनालाई घोडामा दौडिनुपर्ने थियो, यसका लागि कट्रिनाले घोडा दौडाउन सिकिन् । तर, शुटिङका क्रममा उनले आफ्नो सन्तुलन गुमाउँदा घोडाबाट लडिन् ।

समाचारहरूमा जनाइए अनुसार घोडामा सवार गर्ने दृश्यको सुरूवात राम्रै भइरहेको थियो । तर, अचानक कट्रिनाले सन्तुलन गुमाइन् । यसपछि कट्रिनाको आधा शरिर घोडाको जिउमा र आधा शरिर हावामा पुगेको थियो ।

तर, कट्रिनाले यस अवस्थाबाट घोडालाई पुन: काबुमा ल्याउन सफल भइन् । घोडालाई तहमा ल्याएपनि उनको घाँटी र खुट्टामा चोट लागेको छ । यसका वाबजुत उनले शुटिङ्ग पूरा गरिन् र उक्त शुटिङ पूरा गरेर सेटमा फर्किइन् ।

katrina-kaif-new-film-phiturकेही दिन पहिले यही चलचित्रसँग सम्बन्धित एक तस्विर इन्टरनेटमा सार्वजनिक भएको थियो । यसमा कट्रिना कैफ र आदित्य राय कपूर एक अर्कालाई किस गरिरहेको देखिएको छ । यो दृश्य चलचित्रकै एक दृश्य रहेको अनुमान गरिएको छ ।

चलचित्र ‘फितुर’ चार्ल्स डिकेन्सको किताब ‘दी ग्रेट एक्सपेक्टेशन’मा आधारित रहेको छ । यसमा एक चित्रकारको प्रेम कथा रहेको छ । चलचित्रमा चित्रकार नुरको भूमिका आदित्य राय कपूर र उनको प्रेमिकाको फिरदौसको भूमिका कट्रिनाले निभाईरहेका छन् ।

चलचित्रमा रेखाको पनि मुख्य भूमिका रहेको छ । यसको निर्देशन ‘काइ पो चे’ फेम अभिषेक कपूर गरिरहेका छन् । निर्माता सिद्धार्थ राय कपूर हुन् । यो १२ फ्रेबुअरी २०१६ मा रिलिज हुनेछ ।


  •  
  •  
  •