कट्रिना कैफ भारतकी राष्ट्रपति, शर्त सपथमा ‘शीला की जवानी’ गाउनुपर्ने

634
  •  
  •  
  •  

काठमाडौ, पुस(एजेन्सी) : सुप्रिम कोर्टका पूर्व न्यायाधिष तथा प्रेस परिषद्का पूर्व अध्यक्ष न्यायाधिष मार्कण्डेय काटजूले बलिउडकी नायीका कट्रिना कैफलाई भारतको राष्ट्रपति बनाउने सल्लाह दिएका छन् । मंगलबार काटजूले आफ्नो ब्लगमा ‘कट्रिना कैफलाई प्रेसिडेन्ट अफ इण्डिया बनाउनुपर्छ’ लेखेका छन् ।

collinda-graber-kitarobicउनले यस्तो सल्लाह केही दिनअघि क्रिएसियामा एक सुन्दरी राष्ट्रपति भएपछि दिएका हुन् । उनले आर्थिक रूपमा संकटमा रहेको क्रिएसियामा जब मिस ग्रैबर किटरोविकलाई राष्ट्रपति बनाउन सक्छन् हाम्रो देशमा कट्रिनालाई किन बनाउन सकिँदैन । काटजूले कट्रिनालाई प्रेसिडेन्ट अफ इण्डिया बनाउनका लागि एउटा शर्त समेत तेर्स्याएका छन् । उनले कट्रिनाले राष्ट्रपतिको शपथ ग्रहण समारोहमा आफ्नो निकै चर्चित गीत ‘शिला की जवानी गाउनुपर्ने शर्त राखेका छन् ।

अक्सर विवादित विषयमा खुलेर बोल्ने काटजूले लेखेका छन्, ‘म सधै निर्वाचनमा सुन्दर महिलाहरू जस्तै चलचित्रकी नायीकाको चयनको समर्थन गर्न चाहन्छु । यस्तो किनभने नेताले हरेक भाषणमा जनतालाई आकाशको तारा टिपेर ल्याइदिने कुरा गर्छन् तर कहिल्यै जनताको हितका लागि काम गर्दैनन् । यसकारण हामीलाई जसरी पनि निर्वाचन त गर्नुनै छ भने किन सुन्दर अनुहारलाई भोट नदिने । कम से कम सञ्चारमाध्यममा उक्त सुन्दर अणुहार देखेर तपाईलाई क्षणिक भएपनि आनन्द त मिल्छ । यदी होइन भने तपाईलाई अन्त्यमा केही हासिल त हुनेछैन् ।’

उनले ब्लगको अन्तिममा ‘हरी ओम’ लेखेर आफ्नो ब्लग टुग्याएका छन् ।


  •  
  •  
  •