प्रमुख कार्यकारी अधिकृत १४ लाख घुससहित पक्राउ

55
  •  
  •  
  •  

काठमाडौं । तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत १४ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार बेलुका काठमाडौंको नागढुंगाबाट अधिकृत कृष्णकान्त उपाध्यायलाई पक्राउ गरेको हो ।

अख्तियारको टोलीले उनको साथबाट १४ लाखमध्ये १ लाख १४ हजार पैसा र बाँकी बैंकमा डिपोजिट स्लिप बरामद गरेको छ ।

उपाध्यायले घुस लिएको १४ लाखमा १ लाख १४ हजार आफ्नो साथमा राखी बाँकी सबै पैसा बैंकमा डिपोजिट गरिसकेको अख्तियार श्रोतले जनाएको छ । अख्तियारको टोलीले उनलाई शुक्रबार बुटवलदेखि पिछा गर्दै आएको थियो ।


  •  
  •  
  •