बेसीशहर नगरपालिकाका तत्कालिन टाईपिष्ट(नासु)विरुद्ध मुद्दा दायर

759
  •  
  •  
  •  

काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको बेसीशहर नगरपालिकाका तत्कालिन टाईपिष्ट नायब सुब्बा गिता अधिकारीविरुद्ध मुद्दा दायर गरेको छ ।

अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र छानविन गरि पाउँ भन्ने उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा अधिकारीको शैक्षिक प्रमाणपत्र भारतका बिहार विद्यालय परीक्षा समिति, पटनाबाट एस.एल.सी. तहको झुठ्ठा शैक्षिक योग्यता रहेको थाहा पाएपछि अख्तियारले मुद्दा दायर गरेको हो ।

झट्टा प्रमाणपत्र पेश गरी टाईपिष्ट खरिदार पदमा प्रवेश गरी टाईपिष्ट नायब सुब्बा पदमा रही सरकारी सुविधा लिएको अख्तियारले जनाएको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको उल्लेख गरेको छ ।

हेर्नुहोस् अख्तियारको विज्ञप्ति


  •  
  •  
  •