नायीका कट्रिना बेपत्ता, जाँच एजेन्सी खोज्दै

227
  •  
  •  
  •  

काठमाडौ, ९ चैत(एजेन्सी) : बलिउड नायीका कट्रिना कैफ सोमबार बिहानदेखी बेपत्ता भएकी छिन् । भारतीय सञ्चारमाध्मयहरूका अनुसार कट्रिना र उनका पीआर पर्सनलाई कयौ पटक सम्पर्क गर्ने प्रयास गर्दा उनीहरूको मोबाइलमा सम्पर्क हुन सकेको छैन् ।

katrina-missingएक वेबसाइटले कट्रिनाका नजिकको स्रोतलाई उदृत गर्दै केही दिनअघिदेखी कट्रिनाले गुगल म्यापमा महाराष्ट्रको एक स्थानबारे जानकारी खोजी गर्न लागिपरेकी थिइन् । तर, उनी कहाँ गइन् र कहिले फर्किन्छिन् भन्ने विषयमा केही थाहा हुन सकेको छैन् ।

जाँच एजेन्सीहरूले समेत उनको खोजी सूरू गरेका छन् । उनीहरूले फोन ट्र्याक गरेर कट्रिनाको लोकेशन खोज्न लागिपरेका छन् । यसैबीच, कट्रिनाका शुभचिन्तकहरूले उनको सुरक्षित फिर्तीका लागी भगवानसँग प्रार्थना समेत गरिरहेका छन् ।

यस्तै, ट्वीटरमा समेत कट्रिनामिसिङ ट्रेड सुरू भइसकेको छ । ट्वीटरमा कट्रिनालाई लिएर फरक-फरक तरिकाका ट्वीटहरू देखिएका छन् । केही मानिसहरू कट्रिनाको फिर्ताको लागि प्रार्थना गरिरहेका छन् भने केहीले उनको पब्लिसिटी स्टन्ट भन्दै उनको मजाक उडाईरहेका छन् ।


  •  
  •  
  •