काठमाडौं उपत्यकामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

96
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । नयाँ संक्रमितमा काठमाडौंका ६ र ललितपुरका एक जना रहेका छन् ।

राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र २ पुरुष, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौं र ललितपुरका १–१ जना तथा त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजना नयाँ संक्रमित भेटिएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११२ महिला र ३६४ पुरुष गरी जम्मा ४७६ जनामा कोरोना पुष्टि भएको हो।

नयाँ भेटिएका कोरोना संक्रमितसँगै कुल कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको बताए।


  •  
  •  
  •