काठमाडौ, २० भदौ : नेपालबाट वर्षेनी पढ्नका लागि विदेशमा जाने विदयार्थीको संख्या बढ्दै गइरहेको छ । विद्यार्थी विदेश जाने अझ विषेशगरी अमेरिका जाने विद्यार्थीको संख्या निकै धेरै रहेको एक तथ्याङ्कले देखाएको छ । काठमाडौबाट पढ्नका लागि अमेरिका जाने विद्यार्थीको संख्या भारतका केही मुख्य शहरबाट जाने विद्यार्थीको संख्या भन्दा धेरै रहेको छ ।
काठमाडौबाट सन् २००८ देखी २०१२ को बीचमा १० हजार ७ सय भन्दा बढी विद्यार्थी पढ्नका लागि अमेरिका गएको तथ्याङ्क रहेको छ । यो संख्या भारतका चेन्नई, बेङ्ग्लोर र दिल्लीका विद्यार्थीको तुलना बढी छ । ब्रुकिङ्ग इन्टिच्युशनले प्रकाशित गरेको प्रतिवेदनमा विश्वबाट अमेरिकामा जाने विदयार्थीहरूको देश तथा शहरबारे बुझ्दा काठमाडौ अग्रपंक्तिमा देखिएको हो ।
सन् २००८ देखी २०१२ सम्म विभिन्न शहरबाट अमेरिका जाने विद्यार्थीको संख्या हिसाब गर्दा काठमाडौ नवौ स्थानमा रहेको छ । अमेरिकामा विद्यार्थी पठाउने शहरमा सबैभन्दा पहिलो नम्बरमा दक्षिण कोरिया पर्दछ । उसले उक्त समयावधीमा करिब ५६ हजार ५ सय विद्यार्थी अमेरिका पढ्नका लागि पठाएको थियो ।
काठमाडौभन्दा भारतका अगाडि हैदरावाद र मुम्बई रहेका छन् । उनीहरू क्रमशः चौथो र छैटौ स्थानमा रहेको छ । अमेरिकामा जाने मुख्यतः विद्यार्थीहरू अर्थतन्त्रमा उकालो लाग्दै गरेका शहरहरू छन् । यी शहरहरूलाई आर्थिक अर्थतन्त्रमा कालो लाग्दै गरेको रूपमा लिन सकिन्छ । २० वटा शहरमा हैदराबाद, काठमाडौ र चेन्नई सबैभन्दा कम आम्दानी भएका शहरहरू हुन् । यी देशहरूको जिडिपी पर क्यापिटा ४ लाख ८० हजार भन्दा कम रहेको छ ।
यहाँ अर्को तथ्य के छ भने हैदरावादबाट प्राय वि्दयार्थीहरू मास्टर्स पढ्नका लागि जाने गर्छन् भने काठमाडौबाट करिब दुई तिहाई विद्यार्थी ब्याच्लर पढ्नका लागि अमेरिका जाने गरेका छन् ।