
काठमाडौं । काठमाडौं महानगरपालिका निजी अस्पतालहरूको फोहोर व्यवस्थापन सुधारमा लागेको छ । निजी अस्पतालहरूबाट निस्कने फोहोर व्यवस्थापनका सम्बन्धमा महानगरले अनुगमनलाई तीव्रता दिएको छ ।
अनुगमनका क्रममा महानगरले हिमाल अस्पतालको फोहोर व्यवस्थापन प्रणाली कमजोर भेटिएको जनाएको छ । महानगरले गरेको अनुगमनमा स्रोतमा फोहोर छुट्ट्याउन राखिएका बाल्टिनमा रङ संकेत नमिलेको देखिएको हो ।
कोइरालाका अनुसार अटोक्लेभ मेसिन चलाउने गरिएको छ, तर प्रेसर र तापक्रम मापन गरिएको छैन । नयाँबानेश्वरमा रहेको एभरेस्ट हस्पिटलको फोहोर संकलनमा महानगरले बुधबारदेखि रोक लगाएको छ ।
अनुगमन क्रममा स्वास्थ्य संस्थाले अवलम्बन गर्नुपर्ने मापदण्ड पालना नगरेको पाइएपछि फोहोर संकलनमा रोक लगाइएको महानगरले जनाएको छ ।
अस्पतालजन्य फोहोर व्यवस्थापन अनुगमन गर्ने क्रममा त्रुटि पाइएपछि अस्पताललाई यसअघि (२०७९ वैशाख १६ ) पत्राचार गरेर ९ बुँदे सुधारको सुझाव दिइएको थियो ।
फोहोरको रेकर्ड राख्न, बिनहरूमा लेभल राख्न, फोहोर वर्गीकरण गर्न, विसर्जनपूर्व संक्रमण भएको फोहोरलाई अटोक्लेभ गरेर संक्रमणरहित बनाउन, वातावरणीय अध्ययन गर्न त्यसबेला दिइएका सुझाव थिए ।
महानगरका अनुसार यसरी सुझाव दिएको आगामी वैशाखमा दुई वर्ष पुग्दैछ । यति लामो अवधिसम्म पनि सुधारका कुनै संकेत देखिएका छैनन् । अस्पतालमा फोहोर वर्गीकरण गर्ने बाल्टिनको रङ संकेत ख्याल गरिएको छैन । ढुवानीका लागि ट्रलीको प्रबन्ध छैन ।