प्रशासनले बस्नेत र प्रसाईंको आन्दोलन एकै ठाउँमा गर्न नदिने

92
  •  
  •  
  •  

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एमाले नेता महेश बस्नेत र व्यवसायी दुर्गा प्रसाईंलाई एकै ठाउँमा आन्दोलन गर्न नदिने भएको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले दुवैको कार्यक्रम अलगअलग स्थानमा गर्न दिइने बताए ।

उनले भने, ‘अहिले नै निषेधाज्ञा लगाउनेबारे निर्णय भएको छैन । दुवै पक्षसँग संवादमा छौँ ।’ भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । पछिल्ला दिनमा एमाले नेता बस्नेत र प्रसाईंबीच टकराव बढेको बेला एकै दिन कार्यक्रम गर्न लागेका हुन् ।

 


  •  
  •  
  •