काठमाडौं महानगरपालिकाको बजेट १८ अर्ब ९५ करोड

331
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं महानगरपालिकाले १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । महानगरले आर्थिक वर्ष २०७८/७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन-२०७४ ले निर्धारण गरेको काम, कर्तव्य, अधिकार र २०७८ असार ६ गते पारित नीति तथा कार्यक्रमलाई मूर्तरूप दिन बजेट प्रस्तुत गरेको उपप्रमुख खड्गीले जानकारी दिइन् ।

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ ।

महानगरको बजेटमा कोभिड-१९ रोकथाम र नियन्त्रणलाई प्राथमिकता सहित करमा ९० प्रतिशतसम्म छुटको घोषण गरिएको छ । कर बक्यौतामा लाग्ने जरिवानामा छुट, बहाल करमा १० प्रतिशत वा २५ हजार रुपैंयासम्म छुट, व्यवसायीले सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिए व्यवसाय करमा ५० प्रतिशतसम्म छुट दिइएको छ ।


  •  
  •  
  •