घट्यो काठमाडौंको तापक्रम

77
  •  
  •  
  •  


काठमाडौं । काठमाडौंको तापक्रम घटेको छ । मंगलबार न्यूनतम २ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । यसअघि सोमबार न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस थियो ।
काठमाडौंको न्यूनतम अझै घट्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । रातको समयमा आकाश सफा भएकाले न्यूनतम तापक्रम घटेको हो । यसअघि गएको पुस १६ गते काठमाडौंको तापक्रम ० दशमलव ८ डिग्री सेल्सियसमा झरेको थियो ।


  •  
  •  
  •