काठमाडौं । काठमाडौं उपत्यकामा थप ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४२२, भक्तपुरमा ६५ र ललितपुरमा ६१ संक्रमित थपिएका हुन्।
आइतबार देशभर १२२५ जना संक्रमित थपिएका छन्। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ।