काठमाडौं । काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा संक्रमित पुष्टि हुनेमा ४१० महिला र ५३७ पुरुष रहेका छन्।
योसहित आज देशभर थप १९७० जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २२४०७८ पुगेको छ।