काठमाडौं उपत्यकामा थप ९७३ जनामा कोरोना संक्रमण

51
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप ९७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४२८ महिला र ५४५ पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र हालसम्म १७ हजार ४५ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २९३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार २९२ जना सक्रिय संक्रमित रहेका छन् भने ७५ जनाको मृत्यु भएको छ ।

ललितपुरमा दुई हजार ५१२ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ७९ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौंमा ११ हजार ३९३ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार १४ र ललितपुरमा एक हजार ८३१ जना होम आइसोलेसनमा रहेका छन् ।


  •  
  •  
  •