काठमाडौं उपत्यकामा थप १४८६ जनामा कोरोना संक्रमण

64
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप १४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार उपत्यकामा ८१९ पुरुष र ६४९ महिलामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार काठमाडौंमा १०८३०, भक्तपुरमा १७३० र ललितपुरमा २१९६ जना होम आइसोलेसनमा बसेका छन्। काठमाडौंमा १५८६३ र ललितपुरमा २२६४ जना सक्रिय संक्रमित छन्। अहिलेसम्म काठमाडौंमा २४९, भक्तपुरमा ६८ र ललितपुरमा ६३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।


  •  
  •  
  •