काठमाडौंमा कहाँ, कति कोरोना संक्रमित ?

693
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं महानगरपालिकाको महाराजगञ्ज, गौशाला, स्वयम्भू र कोटेश्वर क्षेत्रमा बढी सक्रिय कोरोना संक्रमित रहेका छन्।

महानगरपालिकाको सहरी स्वास्थ्य महाशाखाको शुक्रबारसम्मको तथ्यांकअनुसार महानगरमा ८ हजार ३ सय ५७ जना सक्रिय संक्रमित छ।
२४ हजार ५ सय ८१ संक्रमित भेटिएको महानगरमा १६ हजार ७४ जना निको भएका छन। त्यसमध्ये १ सय ५० जनाको संक्रमणबाट निधन भएको छ।

काठमाडौं महानगरको वडा नम्बर ९ स्थित गौशाला क्षेत्रमा सबैभन्दा बढी ७ सय ९६ जना सक्रिय संक्रमित छन्। यस्तै वडा नम्बर ३ स्थित महाराजगञ्जमा ६ सय ८९, वडा नम्बर १५ स्थित स्वयम्भू क्षेत्रमा ७ सय २०, वडा नम्बर ३२ स्थित कोटेश्वर क्षेत्रमा ५ सय २३ जना सक्रिय संक्रमित छन्।

यस्तै कलंकी, बल्खु अवस्थित वडा नम्बर १४ मा ४ सय २०, वडानम्बर १० बानेश्वरमा ६ सय २०, वडानम्बर ७ मित्रपार्कमा ६ सय २४, वडा नम्बर ४ धुम्वाराहीमा ५ सय ३३ जना सक्रिय संक्रमित छन्।
दुई दिनयता काठमाडौंमा शनिबार १११३ जना र आइतबार काठमाडौंमा काठमाडौंमा १३६२ जना कोरोना संक्रमित थपिएका थिए ।

हेर्नुहोस् कहाँ, कति संक्रमित ?


  •  
  •  
  •