काठमाडौं उपत्यकामा थप १४०३ जनामा कोरोना संक्रमण

83
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार थप १४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र ९९६ जना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार भक्तपुरमा १०२ जना र ललितपुरमा ३०५ जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै देशभर २६३८ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि मंगलबार उपत्यकामा थप २१२९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •