काठमाडौं १० चैत ।
विनासकारी भूकम्प र भारतीय नाकाबन्दीबाट पीडित मुलुकको पर्यटन उद्योगलाई खुसीको खबर छ । संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट अमेरिकाको ‘ट्रिप एडभाइजर’ ले यो वर्ष (सन् २०१६) का लागि छनोट संसारका उत्कृष्ट २५ गन्तव्यको सूचीमा काठमाडौं २३ औं नम्बरमा परेको छ ।
यो सूचीमा परेको काठमाडौं दक्षिण एसियाकै पहिलो गन्तव्य सहर हो । पहिलो स्थानमा भने बेलायतको लण्डन सहर परेको छ । दोस्रोमा टर्कीको स्तानबुल परेको छ ।
काठमाडौं अस्ट्रेलियाको सिड्नी र हंगेरीको बुडापोष्टलाई पछाडि पार्दै उत्कृष्टको सूचीमा परेको हो ।
नागरिकबाट