काठमाडौं उपत्यकामा थप १० जनामा कोरोना संक्रमण

423
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार थप १० जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ५ जनामा कोरोना देखिएको हो । योसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ४०७ पुगेको छ। यसअघि बिहीबार काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •