काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण

188
  •  
  •  
  •  

काठमाडौं । काठमाडौँ उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ललितपुरका १ जना र काठमाडौँमा २ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पाटन अस्पतालमा काठमाडौँका ३ र स्टार अस्पताल सानेपामा ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि आइतबार पनि काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •