काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण

251
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी गराए ।

यसअघि सोमबार काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।  मंगलबार थपिएका नयाँ संक्रमितमा काठमाडौंका ८ र ललितपुरका १ जना रहेका छन् ।

मंगलबार नेपालमा थप १५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ। पछिल्लो २४ घन्टामा ६०९ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ।


  •  
  •  
  •