‘कठपुतली’ काे प्रदर्शन पुस १५ देखि

59
  •  
  •  
  •  

काठमाडौं । हरर विधाको फिल्म ‘कठपुतली’ पुस १५ देखि प्रदेर्शन हुने भएको छ । सम्पदा मल्लको कथा, संवाद र पटकथामा बनेको फिल्म निर्देशक भीमसेन लामाको पहिलो फिचर फिल्म हो। यसअघि लघु चलचित्रहरु निर्देशन गरेका उनको एकल निर्देशनमा बनेको पहिलो फिचर फिल्म सार्वजनिक गर्दा आफू निकै उत्साहित भएको निर्देशक लामाले बताए ।

मिथिला शर्मा, उशा रजक, कार्म, गौरि मल्ल, शिल्पा मास्केलगायतका कलाकारको यो फिल्ममा मुख्य भूमिका रहेको छ। फिल्ममा पृथ्वी राना मगरको लगानी छ भने यसलाई सहनिर्माण विशाल गुरुङ, धर्मा श्रेष्ठ र हेम थापाले गरेका छन्। फिल्मको कार्यकारी निर्मातामा सम्पदा मल्ल रहेकी छिन्।


  •  
  •  
  •