काठमाडौं उपत्यकामा थप १६२२ जनामा कोरोनाभाइरस संक्रमण

72
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार थप १६२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना संक्रमित थपिएका हुन् ।

योसँगै आइतबार नेपालमा थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३६२० जना निको भएका छन्।

यसअघि शनिबार काठमाडौं उपत्यकामा काठमाडौं उपत्यकामा थप १३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •