एकछिन्मा आउँछु भनेका सहायक सिडियो नफर्केपछि …

250
  •  
  •  
  •  

काठमाडौं, २२ असार (ओएनएस) । आइतबार विहान १० बजे जिल्ला प्रशासन कार्यालय काठमाडौंको कोठा नम्बर २०३ बाहिर निकै भीडभाड थियो । कार्यलय समय सुरु हुनेवित्तिकै सेवाग्राही जिल्ला प्रशासन कर्यालय पुगेका थिए ।

सेवाग्राही आ–आफ्नै समस्या लिएर जिल्ला प्रशासन कार्याल पुगेका थिए । सेवाग्राहीको काम झट्ट हेर्दा सामान्य प्रकृतिका लाग्ने भए पनि नगरी नहुने किसिमका थिए ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमको अनुपस्थितिमा आफ्नो जिम्मेवारी सहायक प्रजिअ गोविन्दमणि भुर्तेललाई सुम्पेका छन् । प्रजिअको जिम्मेवारी पाएका भुर्तेल भने आइतवार विहान १० बजेपछि पाँच मिनेट कार्यलयमा बसेर बाहिर निस्के । उनले सेवाग्राहीलाई एकै छिन्मा आउने बताएका थिए । तर, भुर्तेलेका एकैछिन १ बज्दा पनि पुरा भएन ।

IMG_9823 copy
आइताबार सहायक सिडियोलाई पर्खेर बसेका सेवा ग्राही ।

दार्चुलाका विनोदबहादुर चन्द तोक लगाउने कामले भुर्तेलको कार्यकक्षमा पुगेका थिए । तर, भुर्तेलको अनुपस्थितिमा उनको काम हुन पाएन् । यसैगरी भोजपुरका केदारबहादुर संजेल कागजात प्रमाणित गर्न आएका थिए । निकै बेर कार्यलयमा बस्दासमेत सहायक प्रजिअ कार्यलयमा नआएपछि उनी रित्तो हात फर्किए । यी त उहादरणमात्र हो । सहायक प्रमुख जिल्ला अधिकारी कार्यलयमा नभेटेपछि उनको पर्खाइमा कार्यलयभरी सेवाग्राही कुरिरहेका थिए । तर, भुर्तेल आउने कुनै पत्तो थिएन् ।

सामान्य नियमअनुसार आफ्नो अनुपस्थितिमा वा विदा बस्नुपर्ने अवस्थामा कार्यालयको प्रशासन शाखामा जानकारी गराउनुपर्छ । तर, भुर्तेलले भने कार्यलयमा आफू कहाँ जाने भनेर कतै पनि जानकारी गराएका थिएनन् । सेवाग्राहीले होहल्ला गरेपछि जिल्ला प्रशासनका एक कर्मचारीले भुर्तेललाई फोन गरे । भुर्तेलको जवाफ भने यस्तो थियो, ‘म अहिले मिटिङमा छु कतिबेलासम्म चल्छ थाहा छैन, म आउँछु उहाहरुलाई बस्दै गर्न भन्दिनुस् ।’

IMG_9820 copy
सहायक सिडियो भुर्तेलको कार्यकक्षमा खाली कुर्सी । तस्वीरहरु : कविन अधिकारी÷ओएनएसन्युज

यो अस्तव्यस्तता काठमाडौं जिल्ला प्रशासन कार्यालयको मात्रै होइन । अधिकांश सरकारी कार्यालयको हालत यस्तै हुन्छ । ‘कार्यलयमा कर्मचारी भेट्नै गाह्रा’े, एक सेवाग्राही प्रमोद ढुंगानाले भने । पछिल्लो समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो सक्रियता बढाएका कारण सरकारी कार्यलयमा हुने ढिलासुस्तीमा कमी आएको बताइएका पनि अधिकांश कार्यलयको हातल भने उस्तै छ ।


  •  
  •  
  •  

Comments are closed.