काठमाडौं महानगरले रोक्यो काेराेनाकाे खोप

62
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं महानगरपालिकाले वृद्ध वृद्धिलाई लगाउँदै आएको खोप अभियान अनिश्चित कालका लागि स्थगित गरेको छ । एक सूचना निकाल्दै महानगरले १ देखि ३२ वटा वडाहरुमा संचालन गरिएको खोप अभियान स्थगित भएको जनाएको छ ।

महानगरले नेपाल सरकारको निर्णय अनुसार कोभिड १९ विरुद्धको भेरोसिल खोप अभियान  जेठ २५ बाट २०७ जेठ २९ गते सम्म सञ्चालन गर्ने गरी ६० देखि  ६४ बर्ष उमेर समुहका नागरिकहरु लगायत लाई खोप लगाउने कार्य संचालन गरेको थियो ।

स्वास्थ्य सेवा विभागवाट जेठ २८ बाट भेरोसिल खोप जिल्लालाइ छुट्टाइएको संख्या पुरा भइ सकेको सुचना प्राप्त भएकोले अभियान रोकेको महानगरको विज्ञप्तिमा उल्लेख छ ।


  •  
  •  
  •