काठमाडौं उपत्यकामा थप १४२८ जनामा कोरोना संक्रमण

70
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप १४२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ७९८ पुरुष र ६३० महिलामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार काठमाडौंमा १५९८२, भक्तपुरमा ११४३ र ललितपुरमा २२५९ जना कोरोनाका सक्रिय संक्रमित छन्। आइतबार काठमाडौं उपत्यकामा १५३३ जना संक्रमित थपिएका थिए।


  •  
  •  
  •