प्रधानमन्त्रीको सचिवालयका सदस्यकाे कटौती गर्ने सरकारकाे निर्णय

334
  •  
  •  
  •  

काठमाडौं, ७ चैत (अाेएनएस) : सरकारले प्रधानमन्त्रीको सचिवालयका सदस्यको संख्या कटौती गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सचिवालयमा यसअघि ४७ जनासम्म सदस्य रहने गरेकोमा घटाएर २८ जना कायम गरिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी खर्चमा कटौती गरी आर्थिक मितव्ययिता अपनाउने भन्दै प्रधानमन्त्रीको सचिवालयमा रहने सदस्य घटाउने निर्णय गरिएको संघीय ममिला तथा प्रशासनमन्त्री लालबाबु पण्डितले बताए।
राजनीतिक दलका कार्यकर्ताको व्यवस्थापनका लागि भन्दै यसअघिका प्रधानमन्त्रीले आफ्नो सचिवालयलाई कार्यकर्ता भर्ती केन्द्र बनाउँदै आएका थिए।

सचिवालयका सदस्यको तलब सुविधामा राज्य कोषबाट करोडौं रकम खर्च हुँदै आएकोले सदस्य संख्यामा कटौती भएपछि सरकारको फजुल खर्चमा पनि कटौती हुने मन्त्री पण्डितले बताए।

त्यस्तै, प्रधानमन्त्रीले सरकारलाई सुझाव दिन ५ समिति समेत बनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले राजनीतिक, प्रशासनिक, सामाजिक, आर्थिक तथा पूर्वाधार र विधेयक समिति निर्माण गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ।


  •  
  •  
  •