कतारमा एक नेपालीको मृत्यु

270
  •  
  •  
  •  

qatar
काठमाडौं, १७ साउन (ओएनएस) : कतारमा काठोमा बसिरहेको अवस्थामा एक नेपाली युवाको मृत्यु भएको छ ।

करिब चार महिना अघि कतार आइपुगेका तेह्रथुम आठराई चुवान डाडा स्थाई बसोबास भई हाल झापा अर्जुनधारा बस्ने ग्याल्चोक लाम्खोरको गत जुलाई २५ तारिखमा मृृत्यु भएको हो ।

रातिको डिउटी सकेर कोठा आएको र टेलीफोनमा साथीसंग कुरा गर्दै गर्दा अचानक बेहोस भएपछि उनलाई हस्पिटल पुर्याइएको थियो । तर, अस्पतालमा उनलाई मृत घोषित गरिएको थियो ।

कम्पनीले मृतककी श्रीमती झुमा तामांगलाई टेलीफोन मार्फत श्रीमानको मृत्यु भएको जानकारी गराएपछि परिवारमा रुवाबासी छाएको छ । हप्तुर लिन्टन गु्रप कम्पनीमा कार्यरत लाम्खोर अन्जली ओभरसिज मेनपावर कम्पनीबाट कतार आएका थिए । मृतक लाम्खोरका श्रीमती र एक ६ बर्षीय छोरा छन् ।


  •  
  •  
  •