चन्द्रकान्त खनाल
रुपन्देही ३१ असार (ओएनएस) देवदह नगरपालीका ११ भलुही स्थित भलुही खोलाले कटान गर्दा यहाँको वस्ती नै जोखिममा परेको छ ।
खोलाले निरन्तर कटान गर्ने र नियन्त्रणका लागि ठोस कार्य नगर्दा २५ भन्दा बढि घर उच्च जोखिममा छन भने भलुही बजारका राजमार्ग आसपासका सयौँ घर समेत जोखिममा परेका छन ।
यसक्षेत्रको महत्वपुर्ण पर्यटकिय स्थलका रुपमा बिकसित भैरहेको केवली जाने बाटो समेत खोलाले कटान गरिरहेकोले त्यसको रोकथामको लागि तत्काल ठोस कार्यक्रम आवश्यक रहेको स्थानियले बताएका छन ।
पाल्पा र रुपन्देहीको सिमा चुरेक्षेत्रबाट उत्पत्ती हुने सो भलुही खोला महेन्द्र राजमार्ग र जनप्रिय मा.बी जाने पक्की बाटोमा पुग्न करिब १५ मिटरमात्र बाँकी छ भने यहाँका २५ घर उच्च जोखिममा रहेको स्थानियले बताएका छन ।
निरन्तरको कटानका कारण बिद्युतको पुर्व पश्चिम हाईटेन्सन लाईन पनि खतरामा परेको छ भने यसबाट कुनैपनि बेला दुर्घटना हुन सक्ने सम्भावना बढेको छ तर त्यसतर्फ सरोकारवाला निकायको ध्यान गएको छैन ।
स्थानिय बासिन्दाका अनुसार खोलाको किनाराको खेत लगाएतका जग्गा जमिन सबै खोलाले कटान गरेर बगाएका कारण स्थानिय मधु आचार्यको घर अहिले खोलामा झुण्डिएको अवस्थामा छ भने दिपक काफ्लेको सबै खेत खोलाले बगाएर बगरमा परिणत भएको छ ।
स्थानियलाइ पानी परेपछि रातभर जागाराम बस्नुपर्ने बाद्यता छ भने दिनभर खोलाको डिलमा आएर हेर्ने उनिहरुको दिनचर्या नै बनेको छ । स्थानिय टेकबहादुर बि.क.का अनुसार हरेक बर्ष खोलाले जमिन कटान गर्दै गएकाले धेरैजसो जग्गा बगरमा परिणत भैसकेको छ भने नियन्त्रणका लागि तत्काल कुनै बिशेष ब्यबस्था नगर्ने हो भने पुर्व पश्चिम महेन्द्र राजमार्ग समेत उच्च जोखिममा रहेको छ । यसबाट राजमार्ग उत्तर र दक्षिणका सयौँ घर समेत जोखिममा पर्ने उनको भनाई छ ।
बर्षेनी खोला नियन्त्रणका लागि पक्की तटबन्ध निर्माणका लागि जनताले माग गर्दापनि कुनै सुनुवाइ नभएको र सामान्य तारजालीमा ढुंगा भरेर बनाइने तटबन्धले प्रभावकारी काम गर्न नसकेको स्थानिय केशव पराजुलीको भनाइ छ ।
जनताको यो समस्या अनावश्यक राजनैतिक चपेटामा परेको कुरा उल्लेख गर्दै उहाँले केही ब्यक्तिहरु जनताको जिउधनको सुरक्षा भन्दा राजनैतिक स्वार्थमा लागेका कारण समस्या समाधान हुन नसकेको उनको भनाई छ ।
स्थानिय जनता समस्या समाधानका लागि भरपर्दो बिकल्पको खोजीमा रहेको उल्लेख गर्दैै उहाँले सम्बन्धित निकायले चासो नदिँदा समस्या ज्यूका त्यूँ रहेको छ । भलुही खोला अहिले बगेको स्थान भन्दा झण्डै १ सय मिटर पुर्वबाट बग्ने गरेको र कटान गर्दै क्रमश पश्चिम तर्फ बढेकोले समस्या झन बिकराल बन्दै गएको भलुहीबासीको भनाइ छ ।
अर्का स्थानिय केशव भट्टराराईका अनुसार स्थानिय जनताको माग अनुसार सरकारी निकायहरुले काम नगर्दा यो समस्या बढ्दै गएको हो । अहिले केही घरका लागि मात्र यो समस्या अत्यन्तै जटिल भएपनि निकट भबिष्यमा यहाँका सयौँ घर र सयौँ बिगाहा जमिन क्रमश जोखिममा पर्दै गैरहेको कुरा उल्लेख गर्दै उनले भने त्यसतर्फ कसैको ध्यान नजानु दुखद पक्ष हो ।
नेपाली काँगे्रसका जिल्ला सचिव समेत रहेका स्थानियबासी हिराबहादुर क्षेत्रीले भने यसको बिकल्प रहेको वताउदै अहिले खोला गहिरिएर पुर्ववत बहावलाई छोडेर पश्चिम तर्फ कटान गरिरहेको भएपनि बिगतमा खोला बगेको भागबाटै अहिले पनि खोला बगाउन सकियो भने समस्या समाधान हुने धारणा उनको छ ।
तर जिल्ला बिकास समिति, जिल्ला बन कार्यालय, भु—संरक्षण कार्यालय लगाएतका सरकारी कार्यालयको आआफ्नै निति नियम र कार्यक्रमका कारण स्थानिय जनताको माग र सकृयता हुँदाहुँदै पनि समस्याको निकास निस्कन नसकेको उनको भनाई छ ।
आफुले यो क्षेत्रको समस्या समाधानको लागी पहल गर्ने र समस्याको समाधान समेत निकाल्ने केसीको भनाई छ । बेलैमा समस्याको समाधा गरि स्थानियको सुरक्षको लागी सबैनिकायले ध्यानदिनु पर्ने स्थानियहरुको भनाई रहेको छ ।