जम्मु कस्मिर विवाद : पाकिस्तानले नेपालकाे भूमिका खोज्यो

80
  •  
  •  
  •  

काठमाडौं । पाकिस्तानले नेपाललाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को अध्यक्षको हैसियतले कस्मिर समस्या समाधानका लागि भूमिका खेल्न आग्रह गरेको छ ।

पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेसीले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोन गर्दै शान्ति तथा स्थिरताका लागि भूमिका खेल्न आग्रह गरेका हुन् ।

टेलिफोन सम्पर्कपछि ‘विदेशमन्त्री (कुरेसी)ले नेपाललाई सार्कको अध्यक्षको रुपमा शान्ति तथा स्थायित्वका लागि भूमिका खेल्न आग्रह गर्नुभएको छ’, पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि भनिएको छ, ।
पाकिस्तानी विदेशमन्त्री शाह र परराष्ट्रमन्त्री ज्ञवालीबीच बिहीबार राति फोनवार्ता भएको विज्ञप्तिमा जनाइएको छ ।
नेपालले कस्मिरका विषय दुई पक्षीय विषयमा भएकोले वार्ताको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिँदै आएको छ । हाल भारतले कस्मिरमा हुनसक्ने सम्भावित हिंसालाई ध्यानमा राख्दै पूरै क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
गत ५ अगस्टमा भारत सरकारले कस्मिर राज्यलाई दिँदै आएको विशेष दर्जा खारेज गरेको थियो ।


  •  
  •  
  •