जम्मु–कश्मीर घटनाक्रम नजिकबाट नियालेका छौं : परराष्ट्रमन्त्री

345
  •  
  •  
  •  

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मु कश्मीरमा भइरहेको घटनाक्रमबारे नेपालले नजिकबाट नियालिरहेको बताएका छन् ।

परराष्ट्रमन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्री ज्ञवालीले कश्मीरबारे वार्ताबाट समाधान खोज्नुपर्ने तर्क राखे । उनले भारतको आन्तरिक मामिला नभनी भारत र पाकिस्ताबीचको द्विपक्षीय मामिला भएको बताए ।

ज्ञवालीले जम्मु कश्मीरको विषय नेपाल–भारत संयुक्त बैठकको एजेन्डा नबन्ने समेत बताए । पत्रकार सम्मेलनमा उनले भने, ‘कश्मीरको विषय एजेन्डा बन्दैन । बन्ने विषय पनि होइन ।’ उनले नेपाल क्षेत्रीय शान्तिको पक्षमा रहेको भन्दै जम्मु कश्मीरको विषयले त्यसमा समस्या नल्याउने बताए ।
भारतले नेपाललाई सिक्किम बनाउँछ भन्ने कल्पनै गर्न नसकिने बताए ।


  •  
  •  
  •