कस्मिर सीमा नजिकै पाकिस्तानले युद्ध सामग्री लैजान थालेको भारतको दाबी

67
  •  
  •  
  •  

एजेन्सी । पाकिस्तानले कस्मिर सीमा नजिकै युद्ध सामग्री लैजान थालेको भारतले जनाएको छ ।  कस्मिरलाई विशेष अधिकार दिने अनुच्छेद ३७० हटाएपछि भारतसँग तनाव उत्पन्न हुँदै गर्दा पाकिस्तानले लद्दाख नजिकैको क्षेत्रमा लडाकु उपकरणहरु लैजान शुरु गरेको भारतले दावी गरेको छ ।

लद्दाख नजिकै रहेको स्कार्दु हवाई अखडामा युद्धसँग सम्बन्धित सामग्रीहरु थुपारेको भारतीय सञ्चार मध्यमहरुले सरकारी स्रोतहरुलाई उल्लेख गरेका छन् ।

‘पाकिस्तानी वायु सेनाले केन्द्र शासित प्रदेश लद्दाखको नजिकै तीन सी १३० विमानले लडाकु उपकरण लैजान शुरु गरेको छ,’ समाचार एजेन्सी एएनआईले सरकारी स्रोतलाई उद्धृत गर्दै समाचार दिएको छ, ‘सीमा क्षेत्रमा पाकिस्तानको गतिविधिका बारेमा भारतको विभिन्न निकायहरुले सूक्ष्म अनुगमन गरिरहेको छ ।’

पाकिस्तानले सैनिक हवाई अड्डा सञ्चालन गर्ने उपकरणहरु लगेको हुन सक्ने भारतीय पक्षले बताएको छ ।
भारतीय गुप्तचार निकायका साथसाथै वायु सेना र स्थल सेनाले पाकिस्तानी वायुको गतिविधिमा निगरानी गरिरहेको भारतीयहरुले जनाएका छन् ।


  •  
  •  
  •