कश्मिरमा चरमपन्थीद्वारा सेनाका जवान अपहरित

442
  •  
  •  
  •  

बीबीसी : जम्मु–कश्मिरको बडगाम जिल्लामा बस्ने भारतीय सेनाका एक जवानलाई चरमपन्थीले अपहरण गरेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार मोहम्मद यासिन भट्ट एक महिनाको छुट्टीमा आफ्नो घर गएका बेला शुक्रबार चरमपन्थीले हतियार देखाएर उनलाई आफूसँगै लिएर गए ।

पुलिस अधिकारीका अनुसार उनको खोजी जारी छ । पुलिसले भनेको छ, ‘उनलाई उनको बडगामको काजीपोरास्थित घरबाट हतियारधारी केही अज्ञात व्यक्तिले अपहरण गरेका हुन् । उनी फेब्रुअरीदेखि मार्च ३० सम्म छुट्टीमा थिए ।’

गत वर्ष जूनमा भारतीय सेनाका जवान औरंगबेजलाई पनि छुट्टीको क्रममा घरबाट अपहरणमा परेका थिए । पछि उनको शव भेटिएको थियो ।


  •  
  •  
  •