कास्कीको पहिरोमा २४ को मृत्यु, १५ बेपत्ता

112
  •  
  •  
  •  

काठमाडौं १४ साउन (ओएनएस) : कास्कीको लुम्ले र भदौरेतामागी दुइ गाविसमा वर्षासँगै आएको पहिरोमा परि २४ जनाको ज्यान गएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण राउतको अनुसार ज्यान गुमाउनेमा लुम्लेका १७ र भदौरेका ८ जना रहेका छन् । यस्तै पहिरोमा परी १८ जना घाईते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी राउतका अनुसार लुम्ले गाविसका वडा नम्बर ६ को बस्तीभन्दा माथिका पहाड खसे पछि १३ घर पुरिंएको छ ।

पहिरोमा पुरिएर ज्यान गुमाउनेहरुमा लुम्ले ६ की ७५ वर्षिय पद्मी देवकोटा, ७० वर्षिय रत्ना पौडेल, ८४ वर्षिय बसन्ती बि.क, बसन्तीकी बुहारी ३२ वर्षिय चिजा बिक, नातिनी १४ वर्षिय सम्झना बिक, त्यही ठाउँकी १० वर्षिय सलिना बिक, ९ वर्षिय सुनिल बिक, २६ वर्षिय मञ्जु सुनार, मन्जुकी ४ महिनाको छोरी सिमा, ३२ वर्षिय सुनकुमारी जि.सी, १० वर्षिय सुगम जिसी, ५ बर्षिय संगम जिसी, ५६ वर्षिय छिरिङ राई, राईकी श्रीमती रहेका छन् । यस्तै १० वर्षिय सविता पौडेल, १० वर्षकै अर्जुन शेर्पा गुरुङ समेतको ज्यान गएको प्रमुख जिल्ला अधिकारी राउतले जानकारी दिए । थपको खोजि भइरहेको प्रमुख जिल्ला अधिकारी राउतले जानकरी दिए ।pahiro pokhara (4)

घाईते लुम्ले ६ की २० वर्षिय रिता देवकोटा, उनकी ८ महिनाका छोरा नितेश र त्यही ठाउँकी १८ वर्षिय जुना सुनारको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । उनीहरु पहिरो आएपछि भाग्ने क्रममा घाईते भएका हुन् । घाईतेहरुलाई पोखराबाटै गएको हेलिकोप्टरमार्फत अस्पताल र्पुयाईएको हो । बुधबार साँझ ५ बजेदेखि निरन्तर परिरहेको वर्षासँगै मध्यराती सवा १२ बजेतिर चट्याङ्ग परेको र चट्याङ्गसँगै माथिबाट झरेको पहिरोले घरहरु बगाएको स्थानीय सञ्चारकर्मी रामचन्द्र सापकोटाले जानकारी दिए ।

बस्तीभन्दा माथि रहेको २० हजार लिटर क्षमताको खानेपानी ट्यांकीको पानी पनि पहिरोसँगै बगेको छ  । छिमेकका बस्तीबाट राती नै पहिरोको बारेमा खबर पाएर त्यहाँ पुगेपनि पानी परिरहेकाले उद्धार गर्न सक्ने अवस्था नरहेका र बिहान ५ बजेतिर पानी पर्न छाडेपछि स्थानीयबासिन्दाले नै उद्धार शुरु गरेका थिए ।

पोखराबाट उद्धार टोलीलाई पुग्नका लागि भने पोखरा बाग्लुङ्ग जोड्ने भूपि शेरचन राजमार्गको ठाँउठाँउमा पहिरो झरेका कारण समस्या भएको थियो । हेम्जा फेदिका २ ठूला पहिरो जेसिबी लगाएर हटाएपछि अगाडि बढेको टोली लुम्ले घुम्तीमा खसेको पहिरोबाट भने घटनास्थलमा पैदल भएर जानु परेको सञ्चारकर्मी साप्कोटाले जानकारी दिए ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विभिन्न संघसंस्था, स्थानीय बासिन्दा लगायतको टोली उद्धारको लागि खटिएको छ । अहिलेपनि पुरिएका घरहरुबाट अन्नपात, सरसामाग्री निकाल्ने काम भैरहेको छ ।

यस्तै कास्की भदौरे तामागी गाविस वडानम्बर ५ डुडाफाँटमा गएको बाढी पहिरोमा परेर ६५ वर्षिय टिकाराम बिक, ५५ वर्षिय रामकुमारी बि.क, ३१ वर्षिय गौरी पराजुली, ७ वर्षका करण पराजुली र ६५ वर्षकि नन्दकली पराजुलीको ज्यान गएको छ ।

भदौरेको पहिरोमा परि १५ जना घाईते भएका छन् । घाईतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । गम्भीर घाईते भदौरे तामागी ५ की २७ वर्षिय शान्ति पराजुली, २८ वर्षिय बिमला बिक, २९ वर्षका बिनोद बि.क, ३० वर्षकी निरु पराजुली, ५० वर्षकी अंजनी पराजुलीको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ६ वर्षकी सबिना पराजुली र ८ वर्षकी नम्रता पराजुलीको मणिपाल अस्पतालमा उपचार भैरहेको छ । अन्य घाईतेहरु ६२ वर्षिय तुलसी पराजुली, खुशी बि.क, २८ वर्षिय कमल सुनार, २० वर्षिय अन्तिम सुनार र ३२ माया पराजुलीको पश्चिमाञ्चलमा र २१ वर्षकी सुस्मा सुनार र ३ विर्षय सोनाम सुनारको मणिपालमा उपचार भैरहेको छ ।

तस्विर साभार : उज्यालो अनलाईन


  •  
  •  
  •