मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट

81
  •  
  •  
  •  

पोखरा । कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट भएको छ ।
बिहीबार बिहान राष्ट्र बैंक चोक नजिकै टुरिष्ट बसपार्कमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालयभन्दा १०० मिटर दूरीमा बम विस्फोट भएको हो । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज दलहरूले उम्मेदवार मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका छ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेदवार विद्या भट्टराई उम्मेदवारी दर्ताका लागि कार्यालय पुगेको केही समयपछि बम विस्फोटको आवाज आएको थियो ।

भट्टराईले उम्मेदवारी दर्ता गरिसकेकी छन् । बम विस्फोट गराउनेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •