प्रदेश-३ : जिल्ला र नगरसभा सञ्चालनको कार्यविधि तयार

274
  •  
  •  
  •  

काठमाडौं, १६ चैत (ओएनएस) : प्रदेश-३ मा जिल्ला र नगरसभा सञ्चालनको कार्यविधि तयार पारिएकाे छ। प्रदेशको शुक्रबार बिहान बसेकाे प्रदेश स्तरीय मन्त्रिपरिषद् बैठकले जिल्ला र नगरसभा सञ्चालनको कार्यविधि तयार पारि सार्वजनिक गरेकाे हाे।

यसैगरी तीन नम्बर प्रदेशका मन्त्रीहरुको सेवा सुविधाका विषयमा पनि सैद्धान्तिक सहमति भएको मन्त्रिपरिषदका प्रवक्ता कैलाश ढुंगलले बताए ।

प्रदेशका मन्त्रीहरुले के–कस्ता सेवा सुविधा लिने र तलब कति लिने भन्ने कुरा भने तय भइनसकेको उहाँले बताउनुभयो । मन्त्रिपरिदबाट निर्णय भएका कुरालाई शुक्रबार नै अपरान्ह बस्ने संसद बैठकमा पेश गर्ने तयारीसमेत गरिएको छ ।

यसैगरी स्थानीय तहका जनप्रतिनिधिहरुको सेवा सुविधाका विषयमा पनि केही फेरबदल गर्न सकिने उनको भनाई छ


  •  
  •  
  •