सभाध्यक्षले बोलाए कार्यव्यवस्था समितिको बैठक

220
  •  
  •  
  •  

CA-building-Dark-cloudकाठमाडौ, ५ माघ(ओएनएस) : आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको आह्वानमा आज बिहान साढे ११ बजेका लागि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा ३ दिन भित्र संविधान जारी गर्न सकिने विकल्पका बारेमा छलफल हुने भएको छ । सभाध्यक्षले सारेका विभिन्न विकल्पहरूमाथी दलहरूसँग छलफल गर्नका लागि कार्यव्यवस्था समितिको बैठकको आव्हान गरेका हुन् ।

यसैबीच संविधानसभाको बैठक आज पनि बस्दैछ । संवाद समितिको प्रतिवेदनमाथि हिजो छलफल सकिएपछि आज दिउँसोसम्म संविधानसभाको बैठक स्थगित गरिएको छ । आजको बैठकमा समिति सभापति डा. बाबुराम भट्टराईले समितिको प्रतिवेदनमाथि हिजो सभासदहरुले राखेको धारणाका बारेमा जवाफ दिने कार्यसूची रहेकाले के जवाफ दिने भन्ने सहमतिका लागि छलफल हुन लागेको हो ।


  •  
  •  
  •