वातावरण विभागद्धारा यी पाँच उद्योगलाई कारवाही(नामसहित)

277
  •  
  •  
  •  

काठमाडौं, २१ चैत (ओएनएस) : पाँच उद्योगलाई वातावरण विपरीत काम गरेको भन्दै वातावरण विभाग, कुपण्डोलले कारवाही गरेकाे छ। उद्योगले समुदायमा बसाेबास गर्ने स्थानीवासीकाे स्वस्थ्यमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा प्रभाव परी रहेकाेले कारवाही गरिएकाे विभागले जनाएकाे छ। विभागले उद्याेग मापदण्ड विपरीत संचालन हुनालरे प्रदूषण बढेकाे जनाएकाे छ।

आज प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७४÷७५ को चैत महिनासम्म श्री अरनिको आँबुखैरेनी सिमेन्ट इन्डष्ट्रिज प्रालि खैरेनी तनहुँ, कमला रोलिङ मिल्स प्रालि टंकिसिनुवारी मोरङ, काठमाडौँ दुग्ध वितरण आयोजना बालाजु औद्योगिक क्षेत्र काठमाडौँ, श्री हारती एग्रिगेट इन्डष्ट्रिज प्रालि शुक्ला गण्डकी नगरपालिका–२ (तनहुँ) र श्री विष्णु टेक्सटाइल प्रोसेसिङ इन्डष्ट्रिज बालाजु औद्योगिक क्षेत्र (काठमाडौँ) गरी पाँच वटालाई कारवाही गरेको जानकारी दिएको छ ।

 


  •  
  •  
  •