नापतौलकाे कारवाहीमा पारे दुई हजार भन्दा बढि ब्यापारी

230
  •  
  •  
  •  

काठमाडौं, ११ चैत (अाेएनएस): नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गर्ने दुर्इ हजार भन्दा बढि ब्यापारी कारवाहीमा परेका छन्।

लू आर्थिक वर्षको आठ महिनामा अनियमित रुपमा नापतौल गर्ने दुई हजार १३६ व्यापारीलाई कार्यालयले कारवाही गरेको कार्यालयका प्रमुख शशिभूषण यादवले जानकारी दिए।

कार्यालयबाट चालु आवमा एक हजार १५६ व्यवसायीले नयाँ अनुमतिपत्र र ४२ व्यवसायीले इजाजतपत्र लिएका छन् । यस्तै चार हजार ४३० व्यवसायीले नाप्ने तौलने यन्त्रको जाँच, ३४० पेट्रोलपम्प जाँच र १६ पेट्रोलियम ढुवानी ट्याङ्कर जाँच गरिएको छ । कार्यालयले चालू आवमा करीव रु एक करोड ८६ हजार राजश्व संकलनसमेत गरेको छ ।


  •  
  •  
  •